‘मेस्सीले ला लिगाको पहिलो खेल गुमाउने पुष्टि’

बार्सिलोनाका सुपरस्टार मेस्सीले ला लिगाको पहिलो खेल गुमाउने लगभग पक्का भएको छ। बार्सिलोनाका कोच अर्नेस्टो भल्भर्डेले मेस्सी ला लिगाको पहिलो खेलमा फर्किने कुरा निकै गारो रहेको बताए।

मेस्सीले चोटको कारण बार्सिलोनाको अमेरिका भ्रमण गुमाए र उनले एथलेटिक बिलबाओ बिरुद्ध ला लिगाको पहिलो खेल पनि गुमाउने भएको छ।

“उनि अहिले चोट बाट निको हुने प्रक्रियामा छन् र मलाई थाहा छैन कि उनि ला लिगाको पहिलो खेलको लागि तयार हुने छन् वा छैनन् भनेर”- बार्सिलोनाका कोच

“उनि समयमा मैदान फर्किने गाह्रो देखिन्छ”