एजेन्सी, अर्जेन्टिनी सुपरस्टार लिओनेल मेस्सीले बुधबार हुने च्याम्पियन्स लिग खेल गुमाउने भएको छ । लाइप्जिगविरुद्धको खेलमा मेस्सी चोटका कारण खेल गुमाउने क्लबले पुष्टि गरेको छ ।
गत शुक्रबारको खेलमा लिलविरुद्ध ह्याम्स्ट्रिङ र घुडामा समस्या आए पछि उनलाई पहिलो हाफमा मैदान बाहिर बोलाउनु परेको थियो ।
पिएसजीका प्रशिक्षक मौरिसियो पोचेटिनोले मेस्सी च्याम्पियन्स लिग खेलका लागि खेल्ने बताए पनि खेल गुमाउने पक्का भएको हो ।
मेस्सीले सोमबार र मंगलबारको प्रशिक्षणमा सहभागी नभए पछि शनिबार बोर्डोयक्सविरुद्ध खेल गुमाउने खतरा पनि बढेको छ ।
त्यस्तै, पिएसजीका अर्को प्रभावशाली मिडफिल्डर मार्को भेराटिले पनि लाइप्जिगविरुद्धको खेल गुमाउने छ । किलियन एम्बाप्पे भने आजको खेलबाट मैदानमा फर्किने छ । उनले शुक्रबार लिलको खेल गुमाएका थिए ।
पिएसजी च्याम्पियन्स लिगमा शिर्ष स्थानमा रहेको छ । उसले तिन खेल खेलिसक्दा ७ अंक जोडेको छ ।