“मेस्सीले यो वर्ष बलोन डी’ओर जित्नु अन्याय थियो”

क्रिस्टियानो रोनाल्डोका एजेन्ट जर्ज मेन्ड्सले यस वर्षको बलोन डी’ओर लिओनेल मेस्सीलाई दिएको निर्णयको आलोचना गरेका छन्।

महिनाको शुरुआतमा मेस्सीले लिभरपुल डिफेन्डर भर्जिल भ्यान डाइकलाई पछि पार्दै आफ्नो छैठौं बलोन डी’ओर जिते।

रोनाल्डो तेस्रो स्थानमा रहे। मेस्सीको छैठौं पुरस्कारले पोर्तुगाली फारवर्डको रेकर्डमा ग्रहण लग्यो।

मेन्ड्स उक्त निर्णय संग क्रोधित थिए र एक्सप्रेस संग कुरा गर्दै उनले आफ्नो विचारहरु राखे,

“यो वर्षको बलोन डी’ओर मेसीलाई ? मेरो विचारमा यो अन्याय हो।

“क्रिस्टियानो फुटबलको इतिहासमा सब भन्दा उत्कृष्ट हुन्। उनको अघि पोर्तुगालले केही पनि जितेको थिएन, उहाँसँग [२०१६] यूरोपीयन च्याम्पियनशिप र नेशन्स लिग। ”

उनले यो पनि भने कि येदि रोनाल्डो अझै पनि रियल म्याड्रिड भएका भए उनले नै बलोन डी’ओर जित्ने थिए।