मेस्सीले बार्सिलोना नछाड्ने लगभग पक्का

एजेन्सी, गत अगस्तमा अर्जेन्टिनियन खेलाडी मेस्सीले बार्सिलोना छाड्न चाहेको समाचार आउँदा समग्र बर्सिलोनाका फ्यानहरुमा निराशा छाहेको थियो तर हाल आएको रिपोर्टको अनुसार भने बर्सिलोनाका फ्यानहरुमा आशाको किरण छाहेको छ।

रिपोर्टका अनुसार मेस्सीले बार्सिलोनामा रहने निर्णय गरेका छन् र छिटै नयाँ सम्झौतामा हस्ताक्षर गर्ने छन्। बार्सिलोनाका नवनिर्वाचित अध्यक्ष जोआन लापोर्टाले हाल उन्को मुख्य प्राथमिकता मेस्सीलाई बर्सिलोनामा नै बस्न  मनाउनु भनेका थिए र संभवत उन्ले आफ्नो यो वाचा पूरा गरेका छन्। मेस्सी तथा बर्सिलोनाबाट आधिकारिक घोषणा भने आउन बाकी नै छ।
रिपोर्टका अनुसार ३३ वर्षका मेस्सी बर्सिलोनामा नै बस्ने कुरामा कुनै शंका छैन। उन्का राष्ट्रिय टोलिका मित्र सर्जियो एग्वेरो पनि बर्सिलोनामा अनुबन्ध हुने लगभग पक्का नै छ। यसले गर्दा पनि मेस्सीलाई बर्सिलोना नछाड्न प्रेरित गरेको हुन सक्ने आंकलन गरिएको छ।