“मेस्सीले बार्सिलोना छोड्ने छैनन्; उनि साहसी छैनन्”

अर्जेन्टिनाका फिटनेस लेजेन्ड फर्नांडो सिग्योनीले लियोनेल मेस्सीले बार्सिलोना छोडेर जान सक्दैनन् भनेर भनेका छन्।

फर्नांडो सिग्योनी जो डिएगो म्याराडोनाका व्यक्तिगत प्रशिक्षक थिए उनले अर्जेन्टिना राष्ट्रिय टोलीका लागि पनि काम गरेका छन्, विश्वस्त छन् कि मेस्सी इन्टर मिलानमा जाने छैनन्।

उनले भने, “मेस्सी-इन्टर मिलानमा? लियो आफ्नो ‘कम्फर्ट जोन’ छोड्न तयार छैनन्, उनी डिएगो जस्तो साहसी छैनन्।

“अर्जेन्टिनामा कसैले मेस्सीले बार्सिलोना छोड्न सक्छ भनेर सोच्दैन किनकि बार्सा उनको घर हो। “उहाँ पूर्ण रूपमा त्यहाँ डुबेका छन् र एक धेरै ‘परिचित’ फुटबलर बनेका छन् तर उनि संग डिएगो जस्तो साहसिक भावना छैन।

“मलाई लाग्दैन कि उनले आफ्नो कम्फर्ट जोन छोड्ने छन् भनेर र जे भए पनि उनको क्यारियरको यस बिन्दुमा इन्टर वा अन्य क्लबहरूमा जाने मूर्खता नै हुनेछ। , मलाई लाग्छ बार्साले नयाँ राम्रो खेलाडी साइन गरेर आफुलाई सुधार गर्ने छ र उनि पक्कै क्लबमै रहनेछन। “