बार्सिलोनाले आफ्नो सुपरस्टार लिओनेल मेस्सी संग सम्झौता विस्तार गर्न सफल भएको छैन र मेस्सीले क्लब छोड्ने धेरै चर्चा हुदै गरेको छ।
Barcelona would be less valuable without Leo Messi – presidential candidate https://t.co/S07JXMlSr7
— TODAY (@todayng) January 6, 2021
हाल बार्सामा आर्थिक समस्या पनि रहेको । लियोनेल मेस्सी एक मात्र खेलाडी हुन् जसले बार्सिलोनाको मूल्य सुनिश्चित गर्न सक्ने , अध्यक्ष उम्मेद्वार लुलिस फर्नांडीजको विश्वास छ। मेस्सीले क्लब छोड्ने धेरै चर्चा छ र सिजनको अन्त्यमा उनि फ्री एजेन्टको रुपमा क्लब छोड्न स्वतन्त्र हुने छन्।
मेस्सीले क्लबमा मैदान भित्र मात्र नभै मैदान बाहिर आर्थिक रुपमा मद्दत गर्ने गरेका छन् सो बारे अध्यक्ष उम्मेद्वार लुलिस फर्नांडीजले बोलेका छन्।
Barcelona would be less valuable without Leo Messi – presidential candidate https://t.co/pZnHpNJVkH
— Nigeria Newsdesk (@NigeriaNewsdesk) January 7, 2021
“हामी यो बिर्सन सक्दैनौं कि मेस्सीको कारण बार्सिलोनाको बढी आम्दानी छ,” उनले रेडियो मार्कालाई भने। “बार्सिलोनाको मूल्यांकन मेस्सी बिना कम हुने छ।
“उहाँ टोलीका एक मात्र खेलाडी हुनुहुन्छ जसले आफ्नो उपस्थितिबाट बार्सिलोनाको बढी मूल्य र बढी आम्दानी गर्न सुनिश्चित गर्छन।
“हामीलाई आम्दानी चाहिन्छ, तर हामीले क्लबको संरचना पनि व्यवस्थापन गर्न आवश्यक छ। हामीलाई ऋण सम्झौताको आवश्यकता छ।