मेस्सीले बार्सिलोनासँग सिजनको अन्तिम खेल नखेल्ने

एजेन्सी, बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले बार्सिलोनासँग सिजनको अन्तिम खेल नखेल्ने भएका छन्। बार्सिलोना लालिगाको उपाधी दौडबाट बाहिरिएर तेस्रो स्थानमा सुरक्षीत रहेकोले बार्सिलोनाका लागि यो खेल त्यति महत्त्वपूर्ण मानिएको छैन।

बार्सिलोना सिजनको अन्तिम खेलमा एइबारसँग नेपाली समय अनुसार मे २२ शनिबारका दिन राती ९:४५ मा भिड्दैछन्। बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कुमनले उनलाई आराम गर्न अनुमति दिएका हुन्। अर्को महीना हुन गइरहेको कोपा अमेरिकाका लागि उनलाई आराम गर्न अनुमति दिइएको हो।
मेस्सीले बार्सिलोनासँग यो सिजन सबै प्रतियोगिताहरुमा ४७ खेल खेलेका छन् जस्मा मेस्सीले ३८ गोल गर्नुका साथसाथै ११ असिस्ट गर्न सफल भएका छन्। यो सिजन बार्सिलोनाले ला लिगा जित्न असफल भएता पनि कोपा डेल रे को उपाधी भने जित्न सफल भएका छन्।