“मेस्सीले बार्सा संग नयाँ सम्झौतामा हस्ताक्षर गर्नेमा विश्वस्त छु”

बार्सिलोनाका पूर्व अध्यक्ष जोन लापोर्टालाई विश्वास छ कि लियोनेल मेस्सीले बार्सा संग नयाँ सम्झौतामा हस्ताक्षर गर्नेछन्।

पुर्व बार्सा अध्यक्षले विश्वास व्यक्त गरेका छन कि अर्जेन्टिनी स्टारले क्लब संग आफ्नो अनुबन्ध बढाउने छन् जुन आगामी सीजनमा अन्त्य हुन्छ र हाल बोर्डसँग उनको केहि असहज भए पनि उनि क्लबमा रहने उनको विश्वास छ।

“[मेस्सी] लाई आफ्नो सम्झौताको नवीकरण गर्न कुनै समस्या हुनेछैन,” उनले डिपोर्ट्स कुआत्रोलाई भने।

“यदि म खेलाडी भएको भने म पनि [बोर्डको साथ] खुशी हुने थिइन।”

उनले यो पनि जोड दिए कि बार्सिलोनाले यस गर्मीमा नेमारलाई फेरी साइन गर्न प्रयास गर्नुपर्छ।