“मेस्सीले बार्सा भन्दा राम्रो घर अन्य ठाउँमा भेट्टाउने छैनन्”

हाल बार्सिलोनाका सुपरस्टार मेस्सीले क्लब छोड्ने धेरै चर्चाहरू हुँदै गरेको छ। मेस्सीको भविष्यको बारे हाल धेरै चर्चा हुन गरेको छ र पूर्व बार्सा कोच पेप गार्डियोलाले पनि मेस्सीको बार्सा भविष्यको बारे बोलेका छन्।

मेस्सीको बारे प्रश्न हुँदा उनले मेस्सीलाई बार्सा मै रहन आग्रह गरे र मेस्सीले बार्सा मै आफ्नो क्यारियर अन्त्य गरे गर्न पाउने उनको आशा रहेको छ।

गार्डियोलाले भने, “मलाई आशा छ कि उनले बार्सामा आफ्नो क्यारियर समाप्त गर्न सक्ने छन्।

“मेस्सीले बार्सा भन्दा राम्रो घर भेट्टाउने छैनन्।

“क्लबले गर्नु पर्ने कुरा के हो भने क्लबले आफ्नो मूल समयमा फर्कने प्रयास गर्नु पर्छ जसले क्लबलाई विशेष बनाएको थियो।

बार्सा सँग मेस्सीको सम्झौता यो सिजन पछि अन्त्य हुने छ। हाल दुई बिच सम्झौता विस्तार भएको छैन र सिजनको अन्त्य पछि उनी फ्री एजेन्टको रूपमा क्लब छोड्न स्वतन्त्र हुने छन्।