मेस्सीले बनाए नयाँ रेकर्ड

सिजनको दोस्रो इएल क्लासिकोमा बार्सिलोना र रियल मड्रिडले २–२ को बराबरी खेले । रोमाञ्चक र निकै प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाका स्टार लिओनल मेस्सी र रियलका स्टार क्रिस्टियानो रोनाल्डोले पनि १–१ गोल गरे ।
उक्त खेलबाट रियलका रोनाल्डोले अल्फ्रेडो स्टेफानोको पुरानो रेकर्ड बराबरी गर्दा बार्सिलोनाका मेस्सीले पनि एक नयाँ रेकर्ड थपेका छन् ।

मेस्सी अब इएल क्लासिकोमा आफ्नो घरेलु मैदान क्याम्प नोउमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । क्याम्प नाउमा मेस्सीले कूल ७ गोल गरेका छन् । रियलविरुद्ध क्याम्प नोउमा भएका खेलमा धेरै गोल रेकर्ड अब मेस्सीको नाममा रहनेछ ।

हालसम्म मेस्सीले इएल क्लासिकोमा कूल २६ गोल गरेका छन् । त्यसमा उनले बाँकी गोल रियलको घरमा गरेका छन् ।
यो सिजन मेस्सीले ला लिगामा कूल ३३ गोल पूरा गरेका छन् । उनी युरोपका शीर्ष लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् ।

मेस्सीले यो सिजन सबैखाले प्रतियोगिता गरेर कूल ४४ गोल गरेका छन् । उनले ला लिागमा ३३ तथा च्याम्यियन्स लिगमा ६ गोल गरेका छन् बाँकी गोल अन्य प्रतियोगितामा गरेका छन् ।