मेस्सीले पेलेको रेकर्ड नतोडेको पुर्व क्लबको दाबी

पेलेका पुर्व क्लब सान्तोसले मेस्सीले उनको रेकर्ड नतोडेको दाबी गरेका छन्। बार्सा संग मेस्सीले ६४४ गोल गर्दै पेलेको सान्तोसबाट ६४३को रेकर्ड तोडेका थिए तर पेलेले क्लबमा १,०९१ गोल गरेका सान्तोसको दाबी रहेको छ।

ब्राजिलियन क्लबले एक बयान जारी गर्दै सो दाबी गरे। उनीहरूको भनाइ छ कि महान विश्वकपका विजेताले सान्तोसका लागि १,०९१ गोल गरेका छन्।

मैत्रीपूर्ण खेलहरुमा उनले गरेको गोलहरुको पनि गणना हुन पर्ने सान्तोसको बहस छ। सान्टोसको अनुसार रिभर प्लेट, बोका जुनियर, रेसिंग, युनिभर्सिडाड डे चिली, रियल म्याड्रिड, युभन्टस, लाजियो, नापोली, बेन्फिका र एन्डर्लेक्ट बिरूद्ध उनको गोलहरू आधिकारिक गणनामा सामेल छैन।

सान्तोसको तर्क छ कि उक्त खेलहरू आधिकारिक थिए किनकि उनीहरूले आधिकारिक टीमहरू र खेलका नियमहरूसँग खेलेका थिए।