मेस्सीले दिए बार्सिलोनालाई एम्बाप्पे भित्र्याउन दबाब

फ्रान्सका युवा स्टार केलिएन एम्बाप्पेलाई क्लबसँग अनुबन्धित गर्न कप्तान लियोनल मेस्सीले बार्सिलोनाका पदाधिकारीमाथि दबाब बढाएका छन्।

साविकको लालिगा विजेता बार्सिलोनालाई यस सिजनमा पनि उपाधि उचाल्न एम्बाप्पे जस्ता स्टार खेलाडीको खाचो रहेको उनले बताएका हुन्।

एम्बाप्पे रुस विश्वकपमा सनसनीपूर्ण प्रदर्शन गर्दै उत्कृष्ट युवा खेलाडी चुनिएका थिए। हाल पेरिस सेन्ट जर्मन(पीएसजी)मा ऋणमा रहेका एम्बाप्पेका लागि जतिसक्दो चाडो कुरा अघि बढाउन मेस्सीले क्लबमा दबाब बढाएका हुन्।

विश्वकपका दौरान पेलेसँग तुलना गरिएका एम्बाप्पेलाई ठूलो रकममा खरिद गरेपछि पीएसजीले आर्थिक आचारसंहिता उल्लंघन गरेको भन्दै उसमाथि अनुसन्धान चलिरहेकोे छ।

यदि आचारसंहिता उल्लंघन गरेको पाइएमा क्लबले एम्बाप्पेलाई बेच्नुपर्ने हुन्छ। त्यसबेला बार्सिलोनाले एम्बाप्पेलाई भित्र्याउन सक्छ।