मेस्सीले छाडे बार्सिलोना

एजेन्सी, स्पेनिश क्लब बार्सिलोनाका अर्जेन्टिनियन स्टार खेलाडी लियोनल मेस्सीले बार्सिलोना छाडेका छन्। रिपोर्टका अनुसार मेस्सीले बार्सिलोनासँगको सम्झौता नविकरण गर्ने भएका छैनन्।

बिगत केही दिन देखि मेस्सी र बार्सिलोना बिच पाँच वर्षका लागि सम्झौता हुन गइरहेको भनिएता पनि क्लबको आर्थिक अवस्था कम्जोर रहेका कारण र ला लिगाका केही नियमहरुका कारण बार्सिलोना र मेस्सी बीच उक्त सम्झौता नभएको क्लबले जनाएको छ। आज मेस्सी र बार्सिलोना बिच औपचारिक रुपमा नयाँ सम्झौता हुने भनिएको थियो।
रिपोर्टका अनुसार इङलिस क्लब म्यान्चेस्टर सिटि र फ्रेन्च क्लब पि.एस.जि मेस्सी र बार्सिलोनाको अवस्था नजिकैबाट नियालिरहेका थिए। यसै कारणले मेस्सी यी दुई क्लबहरु मध्ये एकमा अनुबन्ध हुने सम्भावना प्रबल देखिन्छ।