मेस्सीले गरे स्पेनिस रेफ्रीको आलोचना

कतार २०२२ विश्व कपको क्वार्टर फाइनलमा अर्जेन्टिना र नेदरल्याण्ड्सबीचको खेलमा रेफ्री एन्टोनियो माटेउ लाहोजले अविश्वसनीय रूपमा १९ पटक पहेँलो कार्ड देखाए जसमा नेदरल्याण्ड्स फुल-ब्याक डेन्जेल डम्फ्रिले दुई पटक पहेँलो कार्ड पाउँदै मैदान छोडे।

सबैभन्दा धेरै कार्ड देखाएको विश्व कप खेल बनेको उक्त क्वार्टर फाइनल खेलमा स्पेनिस रेफ्रीले लिएको निर्णयहरूको कारण सो खेल धेरै विवादास्पद बन्न पुग्यो भने रेफ्री एन्टोनियो माटेउ लाहोज माथि धेरै प्रश्न हुँदै गर्दा अर्जेन्टिनाका सुपरस्टार मेस्सीले पनि आलोचना गर्दै उनले ठुलो स्तरको खेलाउन नसक्ने बताए।

“म रेफ्रीहरूको वारेमा कुरा गर्न चाहन्न किनभने त्यसपछि फिफाले हामिलाइ कारबाही गर्नेछन्,” मेस्सीले पछिको अन्तर्वार्तामा भने।

“तर हामी खेल अघि डराएका थियौँ किनभने हामीलाई थाहा थियो माटेउ लाहोजसँग कस्तो निर्णयहरू आउँदै छ। फिफाले यस्तो ठुलो स्तरको खेलमा माटेउ लाहोज जस्तो रेफ्री राख्न सक्दैनन् जब उनी यो स्तरमा छैनन्।”

उक्त खेल भने अर्जेन्टिनाले जितेको थियो। ९० मिनेटको खेल २-२को बराबरीमा अन्त्य भए पछि अतिरिक्त समयमा गएको खेल पेनाल्टी सम्म पुगेको थियो र पेनाल्टीमा ३-४को जित हासिल गर्दै अर्जेन्टिना सेमी फाइनलमा पुगेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ