‘मेस्सीले खेल पछि आफ्नो जर्सी डेभिसलाई दिन अस्वीकार गरे’

बार्सा बिरुद्धको अविश्वसनीय खेलमा बायर्न म्युनिख खेलाडीहरुले उत्कृष्ट खेल देखाए र म्युनिखका १९ बर्सका युवा लेफ्ट ब्याक अल्फोन्सो डेभिसले सबैको ध्यान आकर्षित गरे र उनले आफ्नो उत्कृष्ट प्रतिभा देखाए।

खेलमा बायर्न म्युनिखको ८-२को जितमा उनले निकै राम्रो खेले। उनले उक्त खेलमा आफ्नो फुटबल हीरो- मेस्सी बिरुद्ध खेले र उनि सो खेल खेल्न पाएकोमा धेरै खुसी थिए र मिररका अनुसार, खेल खेल्नु भन्दा अघि जब उनलाई मेस्सीको बारे प्रस्न गरेको थियो, उनले भने: “इमान्दारीपूर्वक, म उत्साहित छु र केहि बोल्न सकेको छैन – मेरो सपना साकार हुँदै छ।

र लियोन बिरुद्धको खेल पछि डेभिसलाई फेरी पनि बीटि सीस्पोर्ट्सले मेस्सी बारे प्रस्न गरे र उनलाई सोधे “के मेस्सी संग  तपाईले जर्सी पाउनु भयो?”

तर, क्यानाडियन स्टारको लागि दुखको कुरा, उनले खुलासा गरे कि मेस्सीले आफ्नो जर्सी उनलाई दिएनन्। डेभिसले बताए: “मैले जर्सीको लागि सोधें, तर मलाई लाग्छ कि उहाँ अलिअप्ठ्यारोमा हुनुहुन्थ्यो, उनि दु: खी थिए खेलको परिणामबाट त्यसैले सायद अर्को पटक आशापूर्वक।” तर डेभिसले उनको निर्णयलाइ बुझे र आदर गरे।

मेस्सीले जे कारण जर्सी साट्न अस्वीकार गरे पनि कोरोना भाइरसको कारण खेलाडी संग खेल पछि जर्सी साट्न प्रतिबन्धित रहेको छ भने नेमारले आरबी लेपजिगबिरुद्धको खेल पछि अरु खेलाडी संग जर्सी साटे पछि उनि फाइनल खेलमा प्रतिबन्धित हुन सक्ने खबर रहेको छ।