मेस्सीले क्लब छोड्ने भए पछि इन्टर मिलानका स्टारद्वारा बार्साको प्रस्ताव अस्वीकार

लियोनेल मेस्सीको स्थानान्तरण अनुरोध पछि बार्सिलोनाको लक्ष्य इन्टर मिलानका स्टार लौटारो मार्टिनेजले पनि बार्साको प्रस्तवा अस्वीकार गरेको खबर छ। खबर अनुसार मार्टिनेज आफ्नो राष्ट्रिय टोलिका टिम-मेट मेस्सीको साथ खेल्ने आशा गर्दै थिए।

बार्सिलोना भित्र अवस्था अझै खराब गएको देखिन्छ क्लबका स्टार मेस्सीले क्लब छोड्ने निर्णय गरे पनि क्लबले साइन गर्न खोज्दै गरेको स्टार मार्टिनेजले पनि क्लबको प्रस्ताव अस्वीकार गरेको खबर छ।

उनको मूल्य €१०० मिलियन हुने कुरा थियो र बार्सा जान उनि धेरै नजिक थिए तर अहिले बार्सामा चल्दै गरेको अनिश्चितताले उनको आगमन पनि रोक्ने देखा परेको छ।

खबर अनुसारको उनले बार्साको प्रस्ताव अस्वीकार गर्नुको कारण क्लबमा मेस्सीको अवस्था रहेको छ र मेस्सीलाई क्लबले नराम्रो व्यवहार गरेको उनको विश्वास रहेको छ।

लौटारो मार्टिनेज साइन गर्न असफल भए पछि बार्साले उनको विकल्प पनि खोज्न सुरु गरेको खबर छ।