“मेस्सीले क्लब छोडे बार्साले आफ्नो नाम परिवर्तन गरे हुन्छ”

पुर्व फुटबल स्टार शमूएल इटोको विश्वास छ मेस्सीले यो बर्स क्लब छोडे बार्साले आफ्नो नाम परिवर्तन गर्नु पर्छ ।  यो सिजन बार्साको खराब प्रदर्शन पछि क्लबमा मेस्सीको भविष्यमा गम्भीर प्रस्न खडा भएको छ ।

मेस्सीले क्लब छोड्ने सक्ने कुराहरु आएको बेला पुर्व बार्सा खेलाडी शमूएल इटोले सो बारे बोलेका छन्। पूर्व इन्टर मिलान र बार्सिलोना स्टारले आफ्ना पूर्व क्लबलाई आग्रह गरे कि उनीहरूले “बार्सिलोनामा आफ्नो क्यारियर समाप्त गर्न सुनिश्चित गर्न सबै सम्भव कुरा मेस्सीलाई दिनु पर्छ”।

इटोले अर्जेन्टिनाका टिभी च्यानल टिसी स्पोर्ट्सलाई भनेः “मलाई मेस्सी मन पर्छ उनि मेरो आफ्नै छोरा जस्तो हुन् । म उनको लागि उत्तम चाहन्छु।

“बार्सिलोना मेस्सी हो र मलाई लाग्छ यदि मेस्सीले क्लब छोड्ने निर्णय गरे हामीले क्लबको नाम परिवर्तन गर्नुपर्नेछ। “हामी उनलाई बार्सिलोनामा हेर्न पाएकोमा भाग्यमानी छौं, हामीसँग संसारमा सब भन्दा राम्रो खेलाडी छ, हामीले उनले बार्सिलोनामा आफ्नो क्यारियर समाप्त गर्न सुनिश्चित गर्न यथाशक्य गर्नु पर्छ।”