मेस्सीले क्लब छोडे पनि बार्साले २०२५ सम्म उनलाई यति रकम दिन पर्ने

बार्सिलोनाका सुपरस्टार मेस्सीले यो सिजन पछि क्लब छोड्न सक्ने धेरै चर्चा रहेको छ। उनलाई गुमाउनु क्लबको लागि निकै ठुलो झटका हुनेछ र धेरै फ्यानहरु पनि दुखि हुने छन्।

तर खबर अनुसार उनले क्लब छोडे पनि बार्साले उनलाई २०२५ सम्म प्रति हप्ता £१७०,००० दिन पर्ने हुने छ।

सो को कारण भने ग्लोबल आइकनले २०१७मा आफ्नो सम्झौता नविकरण गरेको समय, बार्साले उनको तलबमा वृद्धि गर्दै उनलाई €७८ मिलियनको बोनस भुक्तान गर्न सहमत भए र बार्साले सो रकम €३९ मिलियनको २ किस्तामा तिर्ने सम्झौता गरेका थिए।

सो सम्झौता अनुसार पहिलो भुक्तानी उनलाई बार्साले जुलाईमा गरे, दोस्रो भुक्तानी २०२०/२१ सिजनको अन्त्यमा हुने छ भने मेसीलाई चार बर्षमा आठ भागमा सो रकम हस्तान्तरण बार्साले गर्ने छ।

यसको मतलब, मेस्सीले क्लब छोडे पनि बार्साले उनलाई २०२५ सम्म ठुलो रकम तिर्न पर्ने हुने छ।