मेस्सीले क्लब छोडे उनलाई प्रतिस्थापन गर्ने खेलाडी खोज्दै बार्सा

मेस्सीले क्लब छोड्ने निर्णय लिए उनको प्रतिस्थापन पहिचान गर्न बार्सिलोना लागि परेको खबर छ। अर्जेन्टिनाका स्टारले स्पष्ट गरेका छन् कि उनि हाल बार्सामा खुसी छैनन् र क्लब छोड्ने उनको निर्णय हुन सक्ने छ।

उनले क्लब छोडे बार्सा निकै गढ़ी स्थितिमा हुने छन् र उनको प्रतिस्थापन बार्साले खोज्ने पर्ने हुने छ। र बार्साले आफ्नो केहि पुरानो खेलाडी बेच्न तयारी गरे संगै नयाँ खेलाडी पनि साइन गर्ने क्लब तयार रहेको छ।

यदि मेस्सीले क्लब भने छाडे बार्साको प्राथमिकता युभेन्टसका पाउलो डिबाला हुने खबर छ। २६ वर्षका स्टारले युभे संग आफ्नो तलबलाई बृद्धि गर्न अनुरोध गरेको थियो जस्लाई युभेले पुरा गर्न नसक्ने खबर पनि रहेको।

र खबर अनुसार बार्सिलोनाले डिबालालाई मुख्य प्राथमिकता बनाउने छन् यदि बार्सामा मेस्सी १७ बर्षको यात्रा समाप्त हुने हो भने।

नयाँ प्रबन्धक रोनाल्ड कोमनले बताएका छन् कि उनि डि जोङ्ग र ग्रिज्मानलाई उनीहरूको अनुकूल स्थानमा खेलाउन तयार छन् तर सुआरेज, पिके र बुस्कुट जस्ता खेलाडीहरू बेच्न सक्ने छन्।