मेस्सीले किने १ अर्ब ६९ कराेडकाे नयाँ विमान, अगाडि र पुच्छरमा मेस्सीको जर्सीको नम्बर १०

अर्जेन्टिनी स्टार लिओनल मेस्सीले नयाँ विमान किनेका छन् । उनले १५ मिलियन डलर  ( १,६९,४५,९९,३११ रूपैयाँ) खर्च गरेर विमान किनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ । विमान शुत्रबार अर्जेन्टिनीकाे राजधानीमा अाइपुगेकाे बताइएको छ ।

अमेरिकाबाट विमान खरिद गरे पनि दर्ता भने अर्जेन्टिनामा नै  हुने बताइएको छ । विमानमा १६ वटा विशेष सिट रहेको छ, भने दुई-दुईवाटा  बाथरुम र किचनरुम रहेको जनाइएको छ ।

विमानको अगाडी र पुच्छरमा मेस्सीको जर्सीको नम्बर १० लेखिएको छ । त्यस्तै विमानको भर्‍याङमा लियो एन्टोनियला, थियागो, सिरो र माटीयो लेखिएको छ । एन्टोनियला मेस्सीकी श्रीमती हुन् भने, थियागो जेठो, एंटोनला माइलो र  माटियो कान्छो छोरा हुन् ।