लिओनेल मेस्सि आइबारविरुद्ध नखेल्ने भएको छ। उनी आफ्नो देश अर्जेन्टिनामा क्रिस्मस मनाउन गए पछि उन्लाइ टिममा समाबेश गरिएको छैन।
बार्सिलोनाले आइतबार बिहानबाट प्रशिक्षण थालेको छ। जाडो बिदा भन्दै प्रशिक्षक कोम्यानले चार दिनको अनुमती दिएका थिए। सोही क्रममा मेस्सीलाई अर्जेन्टिना जान अनुमती पनि दिएका थिए।
अरु खेलाडीहरु प्रशिक्षणमा आए पनि मेस्सी ठप केही दिन अर्जेन्टिनामानै बस्ने छन। उनी आइबारको खेल पछि मात्र फर्किने छन।
आइबारबिरुद्धको खेल पछि टोलिलाई ठप दुई दिन आराम दिइने छ र शुक्रबार देखि मात्र अर्को प्रशिक्षण ठाल्ने छ। मेस्सीले २०२१ को पहिलो खेल हुएस्काविरुद्ध मैदानमा उत्रिने छ।
त्येस्तै, कोम्यानको लागि ओस्माने डेम्बेलेको आगमनले भने केही राहत मिल्ने देखिन्छ। सेर्जी रोबेर्टो, आन्सु फाती र जेराड पिके भने चोटका कारण लामो समयको लागि मैदान बाहिर रहने छ।