मेस्सीले अर्जेन्टिनाको नाम नलिइ यी दुई राष्ट्रले विश्व कप जित्न सक्ने बताए

अर्जेन्टिना तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका स्टार लियोनेल मेस्सीले विश्व कपमा दुई राष्ट्रले प्रतियोगिता जित्न सक्ने बताएका छन् ।

त्यो दुई राष्ट्र अरु कुनै नभई मेस्सीकै क्लबका टिममेट नेयमारको ब्राजिल र एम्बाप्पेको फ्रान्स रहेको छ ।

मेस्सीले डाइरेक्ट टिभी स्पोर्ट्ससंग एक अन्तर्वार्तामा बताएका हुन् ।

“सबैले त्यहीँ उत्कृष्ट टोलिहरुको (जर्मनी, इङ्ल्यान्ड, स्पेन, फ्रान्स र ब्राजिल) सधैं नाम लिन्छन्, तर, मलाई छान्नु पर्यो भने, ब्राजिल र फ्रान्स विश्व कप जित्न सक्ने राष्ट्र हुन्,” मेस्सीले भने ।

“फ्रान्स र ब्राजिलको एउटै समुहको खेलाडीहरु लामो समय देखी छन र प्रशिक्षक पनि लामो समय देखि एउटै छन् ।”

यद्यपि, मेस्सीले आफ्नो देश जो ३५ खेलमा अपराजित रहेको छ, अर्जेन्टिनाको नाम भने लिएनन् ।