मेस्सीलाई सिधा बालोन डि ओर दिए हुन्छ- भल्भर्दे

भल्भर्डेलाई एटलेटिको म्याड्रिड बिरूद्ध ला लिगा खेल अगाडि प्रेस सम्मेलनको बेला बालोन डी ओर समारोहको अनुसरण गर्ने बारेमा सोधिएको थियो।

उनले भने: “बालोन डि ओर समारोह? म यस प्रकारका समारोहहरू त्येति हेर्दिन तर मेरो मतदान तपाईहरुको जस्तै हुनेछ। म सबै भन्दा राम्रो खेलाडीलाई भोट दिनेछु, हामी सबैलाई थाहा छ ऊ को हो भनेर।”

“यदि तपाईंले उत्कृष्ट खेलाडीलाई दिने हो भने मेस्सीलाई दिदा हुन्छ र समस्याको समाधान हुन्छ।”