मेस्सीलाई साइन गर्न पिएसजी र म्यान सिटीलाइ चुनौती दिन यो क्लब पनि इच्छुक

Barcelona's Argentine forward Lionel Messi celebrates scoring the opening goal during the Spanish league football match between FC Barcelona and Granada FC at the Camp Nou stadium in Barcelona on January 19, 2020. (Photo by LLUIS GENE / AFP) (Photo by LLUIS GENE/AFP via Getty Images)

बार्सिलोनाका सुपरस्टार लिओनेल मेस्सी क्लब छोड्न सक्ने खबर आउंदा पिएसजी र म्यान सिटी जस्तो क्लब उनलाई साइन गर्न इच्छुक रहेको बेला तेस्रो क्लब पनि उनलाई साइन गर्ने दौडमा सामेल हुन सक्ने खबर छ। खबर अनुसार सिरी ए क्लब इन्टर मिलानले पनि मेस्सीलाई साइन गर्ने प्रयास गर्न सक्ने छ।

सिजनको अगाडी मेस्सीले बार्सा छोड्ने प्रयास गरे पनि सो कुरा सफल हुन सकेको थिएन र आउँदो सिजन उनि नयाँ क्लबमा जान सक्ने कुरा आउँदा केहि क्लब उनि माथि इच्छुक रहेका छन्।

हाल सम्म पिएसजी र म्यानचेस्टर सिटी उनको सम्भाव्य गन्तव्य हुन सक्ने खबर हुँदा मिलानको चासो पनि मेस्सीमा रहेको खबर छ र तिन क्लब बिच प्रतिस्पर्धा हुन सक्ने छ।

मेस्सीले हाल आफ्नो सम्झौता बार्सा संग विस्तार गरेका छैनन् र अर्को सिजन उनि नयाँ क्लब फ्री एजेन्टको रुपमा जान सक्ने छन्। बार्साले उनि माथि फाइदा लिन आउँदो उनलाई आउँदो जनवरीको विन्डोमा बेच्न पर्ने हुने छ।