मेस्सीलाई साइन गर्न पिएसजीले आफ्नो १० खेलाडीहरू बेच्न सक्ने

बार्सिलोना आफ्नो सुपरस्टार मेस्सी सँग सम्झौता विस्तार गर्न असफल रहे पछि उनले क्लब छोड्ने भएका छन् भने हाल उनलाई साइन गर्ने मुख्य दाबेदारको रुपमा फ्रेन्च क्लब पिएसजी रहेको छ। फुटबल सुपरस्टार लिओनेल मेस्सीको नयाँ गन्तव्य पिएसजी हुने धेरै चर्चा हुँदै गर्दा उक्त कुरा सफल गर्न पिएसजीको पनि तयारी सुरु भएको खबर छ।

उनलाई साइन गर्न पिएसजी धेरै सकारात्मक रहेको जानकारी छ भने उनलाई ठुलो तलबको साथ क्लबमा राख्न पिएसजी आफ्नो १० खेलाडीहरू बेच्न तयार हुने खबर छ। पिएसजीले उनलाई £२५ मिलियन प्रति वर्षको तलब दिन सक्ने खबर छ र उनलाई भित्राउन पिएसजीले आफ्नो १० खेलाडीहरू बेच्न योजना गरेको खबर छ जसको कारण पिएसजीको तलब खर्च केही घट्ने छ।

१० खेलाडीहरू मध्ये नाम खुलेका खेलाडीहरू अब्दु डायलो, थिलो केहरर, इद्रिसा गुए र रफिन्हा रहेका छन् उक्त खेलाडीहरूलाई बेच्ने पिएसजीको योजना स्पष्ट छ भने एन्डर हेरेरा र माउरो इकार्डीलाई पनि बेच्न पिएसजी खुल्ला हुने जानकारी छ।

मेस्सीको आगमन पछि पिएसजीको प्रायोजन र अन्य राजस्व पक्कै पनि बढ्ने छ जसको कारण पिएसजीले मेस्सी माथि गर्ने खर्च सन्तुलन हुने छ तर पिएसजीले आफ्नो साप्ताहिक तलब खर्च भने घटाउनु पर्ने छ।