मेस्सीलाई साइन गर्न पिएसजीले थाल्यो प्रयास- नेमारको १० नम्बरको जर्सी पनि मेस्सीलाई दिने प्रस्ताव

फ्रेन्च क्लब पिएसजीले बार्सिलोनाका सुपरस्टार मेस्सीको लागि प्रस्ताव पठाएको खबर छ। हाल बार्सा सँग मेस्सीले सम्झौता विस्तार गरेका छैनन् र सिजनको अन्त्यमा उनी फ्री एजेन्टको रूपमा क्लब छोड्न सक्षम हुने छन्।

हाल खबर अनुसार पिएसजीले उनको लागि प्रि- एग्रीमेंटको प्रस्ताव गरेको छ। पिएसजीले उनको लागि २ वर्षको प्रस्ताव गरेको जानकारी छ र सो सम्झौताको अन्त्यमा थप एक वर्ष विस्तार गर्न मिल्ने क्लज हुने छ ।

मेस्सीलाई साइन गर्ने कुरामा पिएसजी गम्भीर रहेको कुरा छ भने उनलाई साइन गर्न पिएसजी उनलाई १० नम्बरको जर्सी दिन तयार रहेको खबर छ जुन हाल ब्राजिलियन सुपरस्टार नेमारले लगाउने गर्छन्।

हाल मेस्सीले बार्सा छोड्न सक्ने धेरै चर्चा रहेको छ उनलाई साइन गर्न म्यान सिटी र पिएसजी जस्तो क्लब इच्छुक रहेको छ भने हाल पिएसजी सो दौडमा धेरै अगाडी रहेको देखिन्छ।

मेस्सीले बार्सा छोड्ने वा नछोड्ने कुरा भने स्पष्ट रहेको छैन। हाल पिएसजीले उनको लागि प्रस्ताव पठाएको जानकारी छ।