मेस्सीलाई साइन गर्न इन्टर मिलान यति ‘ठुलो’ तलब दिन तयार

अर्को वर्ष मेस्सीले बार्सिलोना छोड्ने निर्णय गरे उनलाई साइन गर्न इन्टर मिलान एक ठुलो रकमको प्रस्ताव राख्न तयार रहेको खबर छ।

छ-पटकका बलोन डि ओर विजेताको सम्झौता अर्को बर्षमा छ र येदि अर्को सिजन उनि सित्तैमा अर्को क्लब जान सक्छन।

खबर अनुसार इन्टर मेस्सीलाई साइन गर्न इच्छुक छन् र उनलाई साइन गर्न युभेले रोनाल्डोलाई दिने भन्दा बढी तलब दिन इन्टर तयार रहेको छ।

इन्टरका अध्यक्ष स्टीवन झाँग मेस्सीका फ्यान हुन् र उनलाई साइन गर्न €२६० मिलियनको ४ वर्षको सम्झौताको प्रस्ताव गर्न इच्छुक रहेको खबर छ ।

उक्त सम्झौताले मेस्सीलाई प्रति वर्ष €५० मिलियनको तलब दिने छ- हाल रोनाल्डोको तलब युभेन्टसमा €३१ मिलियन रहेको छ।

यो भनिएको छ कि इन्टरका अध्यक्ष स्टीवन झाँग मेस्सीका प्रतिनिधिहरूसँग पनि छलफल गरिसकेका छन र बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउसँग पनि छलफल गरेका छन्।