“मेस्सीलाई व्यवस्थापन गर्न गाह्रो छ”

पूर्व बार्सा कोच क्विक सेटिन, जो क्लबमा छ महिना मात्र टिक्न सफल भएक थिए, उनले स्वीकार गरे कि उनले क्लबमा केहि कुरा भिन्न तरिकाले गर्न सक्थे।

जनवरीमा क्लबले अर्नेस्टो भाल्भर्डेलाई बर्खास्त गरे पछि क्विक सेटिनले उनको ठाउँ लिएका थिए तर उनि मात्र ६ महिन टिक्न सफल भए भने उनकै नेतृत्वमा च्याम्पियन्स लिगमा बार्साले ८-२को हारको सामना गरेको थियो।

बार्सामा आफ्नो समयको बारे क्विक सेटिनले एल पैस संग कुरा गरे र ६ पटकका बलोन डि’ओर विजेता मेस्सीलाई प्रशिक्षण दिएको अनुभव बारे पनि बोले।

“मलाई लाग्छ कि मेस्सी सबै समयको सर्वश्रेष्ठ खेलाडी हुन्,” सेटिनले भने। “त्यहाँ अन्य ठूला खेलाडीहरू पनि छन् जो राम्रो छन्, तर निरन्तरता जुन यो केटाले वर्षौंसम्म दिएको छ कसैले पनि गर्न सकेको छैन।

“लियोलाई व्यवस्थापन गर्न गाह्रो छ। म को हो उनलाई बदल्नलाई! यदि क्लबले उहाँलाई स्वीकार गरेको छ र उनी वर्षौं देखि यस्तै छन् र क्लबले उहाँलाई परिवर्तन गरेको छैन ।

“खेलाडीहरुको पछाडि अर्को पक्षहरु पनि हुन्छ र यो बुझ्न अझ गाह्रो छ। धेरै नै गाह्रो। यो माइकल जोर्डनको डकुमेन्ट्री ‘द लास्ट डान्स’मा देख्न सकिने जस्तो कुरा हो। तपाईले नसोचेको कुराहरु देख्नुहुन्छ।

“उनि एकदम आरक्षित छन् तर उनले आफूले चाहेको कुराहरु देखाउन सक्छन। उनि धेरै कुरा गर्दैनन्।”