मेस्सीलाई माफी माग्न आग्रह

कोपा अमेरिका दौरान रेफ्री विरुद्ध नकारात्मक अभिव्यक्ति दिएकोले अर्जेन्टिनाको खेलकुद अदालतले कप्तान लियोनेल मेस्सीलाई माफी माग्न आग्रह गरेको छ।

ब्राजिलमा सम्पन्न कोपा अमेरिकाअन्तर्गत सेमिफाइनल खेलमा ब्राजिलविरुद्ध २-० ले पराजित भएपछि मेस्सीले रेफ्रीले सही निर्णय लिन नसकेको आरोप लगाउँदै नकारात्मक अभिव्यक्ति दिएका थिए।

चिलीविरुद्ध तेस्रो स्थानको खेलमा मेस्सी रातो कार्ड खाँदै मैदान बाहिरिएपछि मेस्सीले रेफ्रीले ब्राजिललाई सहयोग गरेको भन्दै अभिव्यक्ति दिएका थिए। सोही कारण मेस्सीलाई दक्षिण अमेरिकाको फुटबल संस्था कन्मेबलले कारबाहीको तयारीमा छ।

यस क्रममा कोर्ट अफ अर्बिट्रेसन अफ स्पोर्टका सदस्य गुस्टाभो अब्रिउले मेस्सीलाई माफी माग्न निर्देशन दिएका छ। उनले मेस्सीलाई कडा कारबाही टार्नका लागि माफी माग्न भनेका हुन्।

‘म मेस्सीलाई लामो कारबाहीबाट वञ्चित हुन मन छ भने माफी माग भन्न चाहन्छु। उनले जे भने त्यो सही थिएन र यसका लागि लामो कारबाही हुन सक्छ,’ गुस्टाभो अब्रिउले प्रस्ट पारे।