मेस्सीलाई भोट दिएको विषयमा रियल म्याड्रिड फ्यानहरूले गरे आफ्नै खेलाडी माथि दुर्व्यवहार

रियल म्याड्रिडका स्टार डिफेन्डर डेभिड अलाबा आफ्नै फ्यानद्वारा दुर्व्यवहारको सिकार बनेका छन्।

फिफा द बेस्ट अवार्ड २०२२ अन्तर्गत मेस्सीले पुरुषतर्फ प्लेयर अफ द इयर अवार्ड जितेका थिए भने सो मनोनयनमा डेभिड अलाबाले रियल म्याड्रिडका बेन्जेमालाई भोट नदिएको र उनले मेस्सीलाई भोट दिएको भन्दै रियल म्याड्रिडका फ्यानहरूले अलाबाको आलोचना गरेका थिए भने केही फ्यानहरूले उनी माथि जातीय दुर्व्यवहार गरेको पनि रिपोर्ट छ।

आफ्नै क्लबको फ्यानहरूको आलोचना र दुर्व्यवहार भोगे पछि डेभिड अलाबाले उक्त भोटको वारे स्पष्टीकरण दिँदै अस्ट्रिया राष्ट्रिय टिमको भोट एकल निर्णय नरहेको र अस्ट्रिया टिम परिषदले भोटको निर्णय गर्ने भनेर अलाबाले जनाए।

“अस्ट्रियाको राष्ट्रिय टोलीले यो अवार्डको लागि टोलीको रूपमा भोट गर्छ, म एक्लै होइन। टोली काउन्सिलमा सबैले मतदान गर्न सक्षम छन् र यो त्यसरी निर्णय गरिन्छ।- अलाबाले स्पष्टीकरण पोस्ट गरे।

“सबैलाई थाहा छ, विशेष गरी करिम बेन्जेमा, म उनको र उनको प्रदर्शनको कत्तिको प्रशंसा गर्छु, र मैले अक्सर भनेको छु कि मेरो लागि उनी संसारको उत्कृष्ट स्ट्राइकर हुन्, र अझै पनि हुन्।”

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का सुपरस्टार मेस्सीले फ्रान्सका केलियन एमबाप्पे र करिम बेन्जिमालाई पछि पार्दै अवार्ड जितेका हुन् ।

उक्त अवार्डको लागि अस्ट्रियाको भोट मेस्सीलाई गएको सार्वजनिक भए पछि रियल म्याड्रिडका फ्यानहरूले आफ्नै अस्ट्रियन स्टार डेभिड अलाबाको आलोचना गरे भने उनी माथि सामाजिक संजालमा दुर्व्यवहार पनि भएको जानकारी छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ