मेस्सीलाई भित्राउने मुख्य दाबेदार यो प्रिमियर लिग क्लब

मेस्सीलाई भित्राउने मुख्य दाबेदार प्रिमियर लिगको क्लब रहेको खबर छ। रिपोर्टहरुका अनुसार अनुसार म्यानचेस्टर सिटीले यस गर्मीमा बार्सिलोना छोड्ने क्रममा रहेका लियोनेल मेस्सीलाई साइन गर्न प्रयास गर्ने छ ।

३३ बर्षेका अर्जेन्टिनाका सुपरस्टार स्टार म्यूनिख संगको ८-२ हार पछि बार्सिलोना संग खुसी नरहेको खबर छ। डेली मिररका अनुसार सिटीले मेस्सीलाई इतिहादमा ल्याउन “जे भए पनि” गर्न तयार छन् र पेप गार्डियोलासँग पुनर्मिलन गर्न मेस्सी पनि इच्छुक रहेको कुरा छ।

मेस्सीको बार्सिलोना सम्झौतामा एउटा उपबन्ध छ जसले उनलाई ग्रीष्मको अन्त्यमा निःशुल्क ट्रान्सफरमा क्लब छोड्ने अनुमति दिने छ।

 

तर, यो धारा यो वर्षको मे को अन्त्यमा समाप्त भएको छ र मेस्सीको हालको खरीद मूल्य आश्चर्यजनक £६३५ मिलियन रहेको पनि कुरा छ।

ब्राजिलका लेजेण्ड रिवाल्डोले गत महिना सुझाव दिएका थिए कि मेस्सी सिटीमा गार्डियोलासँग पुनर्मिलन गरे राम्रो हुने छ भनेर।