“मेस्सीलाई बार्सिलोना छोड्न राजी गराउन कोशिस गर्दै पिएसजी”

पिएसजीका स्टार लिएनड्रो परेडेसको दाबी छ कि पिएसजी उनको अर्जेन्टिनाका टीम मेट लिओनेल मेस्सीलाई पेरिसमा ल्याउन कडा मेहनत गर्दै छन्।

फ्रेन्च क्लब केहि क्लब मध्ये हो जसले बार्सिलोनाका सुपरस्टारलाई साइन गर्न सक्ने छन्। मेस्सीले यो सिजनको अन्त्य पछि क्लब छोड्ने चर्चा छ र बार्सा संग उनको करार विस्तार भएको छैन।

मौरिसियो पोचेटिनोको आगमनले पनि मेस्सीलाई पिएसजीमा भित्राउन मद्दत गर्ने खबर रहेको बेला सो ’bout पिएसजीका मिडफिल्डरले बोलेका छन्।

 

“क्लबमा आउन अब लियोमै निर्भर छ, किनकि पिएसजीले उनलाई मनाउन सबै प्रयास गर्दै छन्,” लिएनड्रो परेडेसले क्यारीरी डेल्लो स्पोर्टमा खुलासा गरे।

“आफ्नो देशका प्रशिक्षकबाट प्रशिक्षण लिन सक्षम हुनु र लियोसँग खेल्ने सम्भावना एक ठूलो अवसर हो … मलाई आशा छ कि यो पुरा हुने छ।”