“मेस्सीलाई बार्सिलोनामा फर्काउने कुरामा १०० प्रतिशत सहमत छु”

Leo Messi of FC Barcelona celebrates after scoring a goal during the match of La Liga between Real Madrid and Futbol Club Barcelona at Santiago Bernabeu Stadium in Madrid, Spain. April 23, 2017. (ALTERPHOTOS) *** Please Use Credit from Credit Field ***

फुटबल सुपरस्टार लिओनेल मेस्सी र फ्रेन्च क्लब पिएसजी बिचको सम्झौता यो महिना अन्त्य हुँदै छ भने दुई बिच सम्झौता विस्तार नहुने पुष्टि भए सँगै उनको नयाँ क्लब कुन हुने वारे धेरै चर्चा हुँदै गर्दा उनलाई बार्सिलोनामा फर्काउने विचारमा आफ्नो १०० प्रतिशत सहमति रहेको भनेर बार्सा कोच जाभीले बताएका छन्।

२०२१मा बार्सा छोडेर पिएसजी आएका मेस्सी फ्री एजेन्ट हुने क्रममा रहेका छन् र उनलाई साइन गर्न धेरै क्लबहरू इच्छुक रहेको बेला फ्यानहरू उनलाई बार्सामा फर्केको देख्न इच्छुक रहेका छन् र सो फ्यानहरू सँग आफ्नो सहमति क्लब लेजेण्ड जाभीले देखाएका छन्।

मेस्सीको भविष्य मेस्सीमै निर्भर रहेको तर उनलाई बार्सामा फर्काउने कुरामा आफ्नो सहमति रहेको जाभीले बताए भने मेस्सीले आफ्नो भविष्यको निर्णय अर्को साता लिने पनि जाभीले दाबी गरे र मेस्सी बार्सामा आए उनलाई क्लबको टिममा समावेश गर्न तयार आफू तयार रहेको पनि जाभीले बताए।

“लियो मेस्सीले अर्को साता आफ्नो भविष्यको निर्णय गर्नेछन्। उहाँलाई बार्सामा फर्किने कुरामा मेरो १००% सहमति छ।”- जाभीले मेस्सीको वारे बोल्दै भने।

“उहाँलाई थाहा छ हामी उहाँलाई स्वागत गर्न तयार छौँ। केही परिवर्तन भएको छैन, हामीसँग सम्भावनाहरू छन्। हामी लियोलाई यहाँ चाहन्छौँ। उनलाई निर्णय गर्न दिनुहोस्। म उनलाई हाम्रो प्रणालीमा समावेश गर्न तयार छु।”

हाल उनलाई साइन गर्न अरबको क्लबहरू पनि ठुलो प्रस्ताव पठाउन तयार रहे पनि हाल सम्म मेस्सीले आफ्नो भविष्यको कुनै निर्णय सार्वजनिक गरेका छैनन्।

मेस्सीले बार्साको लागि ७७८ खेल खेल्दै ६७२ गोल र ३०३ असिस्ट गरेका छन् भने उनले बार्सामा ४ पटक च्याम्पियन्स लिग सहित अन्य धेरै उपाधिहरू जितेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ