मेस्सीलाई बार्सामै राख्न क्लब अध्यक्ष पदत्याग गर्न तयार

मेस्सी बार्सा छोड्न नजिक रहेका छन् र उनलाई साइन गर्न केहि क्लबहरु पनि तयार हुने क्रम जारी छ र बार्सा भित्र अस्तव्यस्तता रहेको छ।

मेस्सीले क्लब छोड्ने कुराले धेरै फ्यान क्रोधित भएका छन् र खबर छ कि बार्साका अध्यक्ष जोसेप बार्टोमेउ बार्सिलोना प्रशंसकहरूको बढ्दो क्रोधको क्रममा अन्ततः दबाबसामु झुक्न तयार रहेका छन्।

मेस्सीको सो निर्णय पछि फ्यानहरुले क्लब अध्यक्षको चर्को विरोध गरेका छन्। टिभी ३ को एक रिपोर्टका अनुसार मेस्सीले क्लब अध्यक्ष उनको मुख्य समस्या बताए र क्लब नछोड्ने हो भने बार्टोमेउ अध्यक्ष पदत्याग गर्न तयार छन्।

यस्तो परिदृश्यमा बार्टोमेउले राजीनामा गरे पनि वर्तमान बोर्ड आगामी वर्षको अध्यक्ष चुनाव नभएसम्म अन्तरिम अध्यक्ष निर्देशनमा रहनेछ।

मेस्सीको समस्या क्लब अध्यक्ष मात्र नभएको कुरा सबैलाई थाहा भएको छ- नयाँ कोच कोमन संग पनि मेस्सी काम गर्न इच्छुक नरहेको कुरा छ र कोमनले मेस्सीलाई बार्सामा उनको विशेषाधिकारको अन्त्य हुने भनेर भनेको कुरा खुलेको थियो।