मेस्सीलाई फ्री-किकबाट गोल गर्नबाट रोक्न लालिगा टिमहरुको यस्तो चतुर रणनीति

स्पेनका क्लबहरूले बार्सिलोनाका लियोनेल मेस्सीलाई प्रत्यक्ष फ्रि किकबाट स्कोर गर्नबाट रोक्न नयाँ रणनीति बनाएको देखिन्छ – र त्यो काम गर्दैछ।

२०१९को अन्त्य तिर मेस्सीले क्यारियरको ५०औं फ्री किक गोल गरेका थिए र प्रति सिजन कम्तिमा चार सफल स्ट्राइकको औसत उनको रहेको थियो भने २०२०मा उनि फ्री किकबाट गोल गर्न असफल हुदै एक छन्।

२०२०मा उनले ६२ प्रयास गरेका छन् भने १ पनि गोल गर्न सकेका छैनन् र फुटबल विशेषज्ञहरुका अनुसार बार्सिलोनाका विपक्षीहरूले उनलाई रोक्न एउटा धूर्त प्रणाली खोजेका छन्।

उनले फ्री किक प्रहार गर्ने बेला विपक्षी टिमका ३ खेलाडीहरुले मूख्य वाल बनाउने गर्छन गोलमा हुने सिधा शट रोक्न तर गोलकिपरको अगाडि, चार खेलाडीहरू विभिन्न शूटिंग क्षेत्रमा बस्ने गर्छन । र गोल गोल लाइनमा दुई खेलाडीहरू किपर संगै दुई पोस्टमा हुने गर्छन ।

यो धेरै जटिल छ तर यसले स्पष्ट रूपमा यो रणनीतिले काम गरिरहेको छ र फ्री किकहरूबाट मेस्सीको गोल आउन लगभग बन्द भएको छ ।