मेस्सीलाई ‘प्लेयर अफ दि मन्थ’ अवार्ड

बार्सिलोनाका कप्तान लियोनल मेस्सी स्पेनिस ला लिगामा सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी बनेका छन् ।

ला लिगाले बुधबार मेस्सीलाई ‘प्लेयर अफ दि मन्थ’ घोषित गरेको हो ।

मेस्सीले सेप्टम्बर महिनाको उत्कृष्ट खेलाडी बन्दै ‘प्लेयर अफ दि मन्थ’ अवार्ड जितेका हुन् । मेस्सीले सिजनको पहिलो महिना नै यो अवार्ड जित्दै आफुलाई उत्कृष्ट रहेको प्रमाणित गरेका छन् ।

मेस्सीले सेप्टेम्बरमा ३ गोल गर्नुका साथै ४ गोलको लागि पास उपलब्ध गराउन सफल भएका थिए । लिगमा बार्सिलोना शीर्ष स्थानमा छ ।

मेस्सीलाई यो अवार्ड अक्टोबर २० मा सेभियाविरुद्धको खेल अघि प्रदान गरिने ला लिगा जनाएको छ । उक्त खेल बार्सिलोनाको मैदान नाउ क्याम्पमा हुनेछ ।