मेस्सीलाई पछि पार्दै रोनाल्डो बने सर्वाधिक कमाउनेमा फुटबलर

विश्व चर्चित पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सर्वाधिक आम्दानी गर्ने फुटबलर बनेको छन् । फोब्सले सार्वजनिक गरेको सुचीमा बार्सिलोनाका स्टार लियोनल मेस्सीलाई पछि पार्दै सर्वाधिक आम्दानी गर्ने खेलाडी बन्न सफल भएका हुन् ।

पहिलो पटक टेनिस खेलाडी रोजर फेडेरर सर्वाधिक कमाई गर्ने खेलाडी बन्दा पोर्चुगलका रोनाल्डो दोस्रो र मेस्सी तेस्रो स्थानमा रहे । रोनाल्डोको आम्दानी ८५ मिलियन पाउण्ड भने मेस्सीले ८४ मिलियन पाउण्ड आम्दानी गरेका छन् ।

कोरोना संकटकाबीच मेस्सीलाई १ मिलियन पाउण्डलेपछि पार्दै रोनाल्डो सर्वाधिक कमाउने फुटबलर बनेका हुन् । त्यस्तै, फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार नेयमार सबै भन्दा बढी कमाई गर्ने फुटबलरको सुचीमा तेस्रो स्थानमा छन् ।

नेयमारको आम्दानी ७७ मिलियन पाउण्ड छ । विश्वभर फेलिएको कोरोना भाइरसका कारण सबै फुटबल गतिविधि ठप्प हुदाँ मेस्सी र रोनाल्डोको बार्षिक आम्दानीमा ठुलो गिरावट आएको छ ।

उनीहरुको आम्दानी गत बर्षभन्दा ९ प्रतिशत घटेको छ । फेसबुक र ईन्स्टाग्राममा समेत धेरै प्रशंसक कमाएका रोनाल्डोले ठूलो रकम प्रायोजनबाट समेत प्राप्त गर्दै आएका छन् ।