मेस्सीलाई पछि पार्दै रोनाल्डोले जिते शताब्दीको उत्कृष्ट खेलाडीको अवार्ड

क्रिस्टियानो रोनाल्डोले ग्लोब सकर अवार्ड अन्तर्गत ‘शताब्दीका खेलाडी’ घोषित भएका छन् ।

दुबईमा भएको ग्लोब सकर अवार्ड अन्तर्गत रोनाल्डो शताब्दी खेलाडीबाट सम्मानित भएका हुन् ।

उनले लामो समयका प्रतिद्धन्दी लियोनल मेस्सीलाई पछि पार्दै सो अवार्ड प्राप्त गरेका हुन् ।

दुबईको अर्मनी होटलमा आईतबार भएको समारोहमा युभेन्ट्सका स्टारले अवार्ड लिएका थिए ।

३५ वर्षिया फरवार्डले स्पेन सहित ईङ्ल्याण्ड र ईटालीमा घरेलु लिग जित्नुका साथै युरो २०१६ मा पोर्चुगलबाट उपाधि हात पारेका थिए ।

सन् २००१ देखि २०२० सम्मको समयलाई आधार बनाएर शताब्दी अवार्डबाट पुरस्कृत गरिएको हो ।

‘यो उपाधि जित्दा निकै अनुग्रही छु ।’ रोनाल्डोले भने ।

उनी पाँच पटकका बालेन डी ओरका विजेता समेत हुन् ।