म्यानचेस्टर युनाइटेडका सुपरस्टार क्रिस्टियानो रोनाल्डो र पिरेस मोर्गन बिचको अन्तर्वार्ताको दोस्रो भाग प्रकाशित भएको छ भने उक्त अन्तर्वार्तामा रोनाल्डोले पिएसजीका सुपरस्टार लिओनेल मेस्सीको वारे पनि बोलेका छन् र मेस्सी प्रति आफू सँग धेरै सम्मान रहेको रोनाल्डोले दाबी गरे।
The respect Ronaldo has for Messi 🙌 pic.twitter.com/HszGgo6Gy9
— ESPN FC (@ESPNFC) November 17, 2022
मेस्सी र रोनाल्डो बिच फुटबलमा धेरै समय देखि प्रतिस्पर्धा हुँदै आएको छ भने दुई धेरै समय देखि प्रतिद्वन्द्वीको रूपमा रहे पनि मेस्सी आफ्नो टिम मेट जस्तो भएको रोनाल्डोले बताए भने मेस्सीले फुटबलमा सबै गर्न सक्ने पनि उनले भने।
“उनी एक व्यक्ति हुन् जसलाई म सम्मान गर्छु उनले मेरो बारेमा बोल्ने तरिकालाई सम्मान गर्छु। – रोनाल्डोले मेस्सीको वारे बोल्दै भने।
“उहाँकी श्रीमती र मेरी श्रीमती, मेरी प्रेमिका, तिनीहरूले सधैँ आदर गर्छन् र उनी अर्जेन्टिनाका हुन्। मेरो प्रेमिका अर्जेन्टिनाबाट हो।
🚨💣 Cristiano Ronaldo on Leo Messi: “It’s like Messi is a teammate. He’s a guy I respect. The way he always talks about me. Even his wife, from my girlfriend. What else can I say? A great guy who does great things for football.” 🐐❤️
(Source: @PiersUncensored) pic.twitter.com/gQ65EsCfJz
— Transfer News Live (@DeadlineDayLive) November 17, 2022
“मेस्सी मलाई मेरो एक टिममेट जस्तो लाग्छ, उनी फुटबलको लागि उत्कृष्ट काम गर्ने एक महान् व्यक्ति हुन्।
मेस्सी र रोनाल्डो बिच धेरै समय देखि तुलना हुँदै आएको छ भने दुई फुटबल स्टारका फ्यानहरूको एक अर्का सँग सामाजिक सञ्जालमा नियमित बहस हुने गरे पनि मेस्सी र रोनाल्डोले भने एक अर्का प्रति आफ्नो सम्मान देखाउँदै आएका छन्।