“मेस्सीलाई खेलाउने छु, केनलाई बेन्चमा राख्ने छु, रोनाल्डो आउट”- रुनी

म्यानचेस्टर युनाइटेडका लेजेन्ड वेन रुनीले विश्वकप खेल अघिको प्रस्तुतिमा मेस्सी, ह्यारी र रोनाल्डो मध्ये कसलाई आफ्नो टिममा राख्ने भन्ने वारे छलफल गरे भने उनले आफ्नो पूर्व टिम-मेट रोनाल्डोलाई आफ्नो टिममा नराख्ने बताए।

पूर्व युनाइटेड फ्रन्टम्यान, भारतीय टिभी स्टेसन जियोसिनेमामा विश्वकपको लागि फुटबल पण्डितको रूपमा उपस्थित थिए भने होस्टले रुनीलाई – मेस्सी, केन र रोनाल्डो बिच आफ्नो टिममा कसलाई खेलाउने, कसलाई बेन्चमा राख्ने र कसलाई आउट गर्ने भनेर प्रश्न गर्दा उनले निकै रोचक जवाफ दिए।

“म सायद गर्ने छु… [लियोनेल] मेस्सीलाई खेलाउने, [ह्यारी] केनलाई बेन्च राख्ने छु र [क्रिस्टियानो] रोनाल्डोलाई टिमबाट आउट गर्ने छु”- रुनीले उक्त प्रश्नको जवाफ दिँदै भने।

रुनीले थपे: “उनी आफ्नो क्लबबाट खेलिरहेका छैनन्, त्यसैले।”

म्यानचेस्टर युनाइटेडका सुपरस्टार क्रिस्टियानो रोनाल्डो केही दिन अघि मात्र युनाइटेडको आलोचना गर्दै एक अन्तर्वार्ता दिएका थिए भने उक्त अन्तर्वार्तामा रोनाल्डोले आफ्नो पूर्व टिम-मेट र क्लब लेजेन्द वेन रुनीको वारे पनि बोलेका थिए र रुनु आफूबाट ‘जेलस’ भएको पनि रोनाल्डोले दाबी गरेका थिए।

उक्त अन्तर्वार्तामा रोनाल्डोले रुनी आफ्नो साथी नरहेको पनि बताएका थिए र सो अन्तर्वार्ता पछि दुई बिचको सम्बन्ध बिग्रेको कारण रुनीले सो जवाफ दिएको धेरैको विश्वास रहेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ