बार्सिलोनाका सुपरस्टार लिओनेल मेस्सीले क्लब छोड्ने धेरै चर्चा रहेको छ र बार्साको अध्यक्षको चुनावको लागि मेस्सी निकै महत्त्वपूर्ण छन् र उम्मेदवारहरू मेस्सीलाई क्लबमा राख्न पुरै प्रयास गर्ने देखिन्छ।
Joan Laporta is hoping to become Barcelona’s president again, and he believes he can convince Lionel Messi to stay put as the generational star mulls over his future https://t.co/sRoTkFo3Qg
— Planet Fútbol (@si_soccer) December 29, 2020
बार्सिलोनाका अध्यक्ष पदका उम्मेदवार जोआन लापोर्टाले बताए कि मेस्सीलाई क्लब छोड्नबाट रोक्न उनि अर्जेन्टाइन स्टार स्ट्राइकर सर्जियो अगुएरोलाई बार्सामा ल्याउन तयार हुने छन्।
मेस्सी म्यानचेस्टर सिटी जान सक्ने धेरै चर्चा थियो र उनि सिटीमा जानुको मुख्य कारण अगुएरो र पेप गार्डियोला रहेको थियो भने लापोर्टाले मेस्सीलाई क्लब छोड्नबाट रोक्न अगुएरोलाई नै बार्सामा साइन गर्न उनि तयार हुने बताए।
हाल अगुएरो सिटीमा संघर्ष गर्दै छन्। चोटको कारण उनले केहि खेल गुमाएका थिए र हाल उनले खेल समय पाएका छैनन्।