मेस्सीलाई क्लबमै राख्न अर्जेन्टाइन स्टार साइन गर्ने बार्साको योजना

बार्सिलोनाका सुपरस्टार लिओनेल मेस्सीले क्लब छोड्ने धेरै चर्चा रहेको छ र बार्साका नयाँ अध्यक्ष जोआन लापोर्टाले मेस्सीलाई क्लबमा राख्न पुरै प्रयास गर्ने देखिन्छ।

बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टा मेस्सीलाई क्लब छोड्नबाट रोक्न म्यान सिटीका अर्जेन्टाइन स्टार स्ट्राइकर सर्जियो अगुएरोलाई बार्सामा ल्याउन तयारीमा छन्। हाल खबर अनुसार लापोर्टाले अगुएरो सँग सम्पर्क गरेका छन् र बार्साले आउँदो गर्मीमा उनलाई २ वर्षको सम्झौतामा साइन गर्ने छ। उनी फ्री एजेन्टको रूपमा सिटी छोड्ने चर्चा छ।

मेस्सी म्यानचेस्टर सिटी जान सक्ने धेरै चर्चा हुँदै गरेको छ र उनी सिटीमा जानुको मुख्य कारण अगुएरो र पेप गार्डियोला रहेको थियो भने लापोर्टाले मेस्सीलाई क्लब छोड्नबाट रोक्न अगुएरोलाई नै बार्सामा साइन गर्न उनी तयार हुने जानकी छ।

हाल अगुएरो सिटीमा सङ्घर्ष गर्दै छन्। चोटको कारण उनले केही खेल गुमाएका थिए र खेलमा उनी फर्किए पनि पहिला जस्तो खेल समय पाएका छैनन्।