मेस्सीलाई क्लबमा राख्न यी ५ खेलाडी साइन गर्ने बार्सिलोनाको योजना

बार्सिलोना भित्र हाल धेरै आन्तरिक समस्याहरू रहेको छ। हाल क्लब अध्यक्ष बिना रहेको बार्सा मैदान भित्र र बाहिर धेरै समस्याहरूको सामना गर्दै गरेको छ र क्लबले आफ्नो सुपरस्टार मेस्सीलाई गुमाउन सक्ने सम्भावना पनि रहेको छ।

हाल बार्साको खेलमा केही सुधार आए पनि भविष्यको लागि क्लबले अहिले देखिनै योजनाहरू बनाउनु पर्ने छ र खबर अनुसार आफ्नो सुपरस्टार लिओनेल मेस्सीलाई क्लबमै राख्न बार्साले ५ स्टार खेलाडीहरू साइन गर्ने योजना बनाएको छ।

उनलाई क्लबमा राख्न बार्साले बोरुसिया डर्टमन्डको स्टार एर्लिङ हलान्ड, युभेन्टसका डि लिग्त, लिभरपूलका स्टार मिडफिल्डर जर्जिनियो विज्नाल्डम, सेभिल्लाका सेन्टर ब्याक जुल्स कौंडे र मेस्सीको नजिकका साथी र म्यान सिटीका स्टार स्ट्राइकर सर्जियो अग्वेरो साइन गर्ने योजना बनाएको खबर छ।

बार्साको पछिल्लो केही निर्णयहरूबाट मेस्सी खुसी थिएनन् र उनले क्लब संग नयाँ सम्झौता गरेनन् जसको कारण उनी फ्री एजेन्टको रूपमा क्लब छोड्न धेरै नजिक छ र हाल बार्सा उनलाई क्लब मै राख्न सबै प्रयास गर्न तयार छन्।

३३ वर्षका सुपरस्टार मेस्सीले सिजनको अन्त्यमा बार्सा छोड्ने चर्चा छ भने म्यान सिटी वा पिएसजी उनको नयाँ गन्तव्य हुन सक्ने कुरा छ।