“मेस्सीलाई क्लबभन्दा ठूलो हुन दिन मिल्दैन”

बार्सिलोनाका अध्यक्ष पदका उम्मेद्वार पेरे रियराले क्लब लिओनेल मेस्सीभन्दा ठूलो रहेको बताएका छन्। रियराले बार्टमेउको राजीनामा भएको लगत्तै क्याम्प नउमा आगामी हुने अध्यक्ष पदको लागि आफ्नो उम्मेद्वारको घोषणा गरे।

“मेरो विचारमा मेस्सी बार्सिलोनामै रहनु पर्छ, तर यस्तो इतिहासमा होइन,” उनले रेडियो मार्कालाई भने। “यो कसैको लागि राम्रो छैन।

“अन्तमा यो मेस्सी हुन् जसले [आफ्नो भविष्यको] निर्णय लिने छन्। मलाई धेरै शंका छ कि बार्सिलोना छोड्ने मेस्सीको चाहना थियो [गर्मीमा]।

“म भएको भए मेस्सीलाई जबरजस्ती रोक्ने प्रयास गर्ने थिएन।”