‘मेस्सीलाई आफ्नो क्लबमा भित्राउन चाहन्छन् डेभिड बेक्ह्याम’

पूर्व रियल म्याड्रिड स्टार डेभिड बेक्ह्याम बार्सिलोनाका कप्तान लियोनेल मेस्सीलाई आफ्नो नयाँ एमएलएस फ्रान्चाइज क्लबमा भित्राउन चाहन्छन्।

बेक्ह्याम अझै आफ्नो क्लब इन्टर मायामीको लागि ठूलो नाम साइन गर्न खोज्दै छन् र आफ्नो योजनाहरू पूरा गर्न लालिगातिर फर्केका छन्।

ओकिदेरियोका प्रमुख पंडित एडुआर्डो इंडाका अनुसार “बेक्ह्यामले सर्मीयो रामोस (रियल म्याड्रिड) र जेरार्ड पीके (बार्सिलोना) लाई इन्टर मायामीमा भित्राउन चाहन्छन्,” ।

“मेस्सी हुन् अर्को खेलाडी जस्लाई बेक्ह्याम साइन गर्न चाहन्छन्।”

मेस्सी क्लब छोड्न चाहन्छन् भए उनि सिजनको अन्त्यमा फ्रीमा कुनै पनि क्लब जान सक्ने छन् ।

मेस्सी र एरिक अबिदाल बीचको केहि विवाद पछि मेस्सीले क्लब छोड्न सक्ने खबर आएको थ्यो सो कारण धेरै क्लबले उनलाई साइन गर्न चासो दिएको छ र डेभिड बेक्ह्यामले पनि उनलाई आफ्नो क्लबमा साइन गर्ने चाहना देखाएको खबर छ।