मेस्सीलाइ उछिन्दै रोनाल्डोले च्याम्पियन्स लिगमा नया किर्तिमान बनाए

आफ्नो पुरानो प्रतिद्वंदी लियोनेल मेस्सीलाई पछि पार्दै क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लीगमा १०० औ जीत पुग्ने पहिलो खेलाडी बन्न सफल भएको छ ।

मंगलबार राति भएको खेलमा स्पेनिस क्लब भ्यालेन्सियालाई १ – ० ले पराजित गर्दै युभेन्ट्सले अन्तिम १६ को यात्रा तय गरेको हो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन मारियो मान्डजुकिकले निर्णायक गोल गरे । खेलको ५९ औं मिनेटमा मान्डजुकिकले क्रिस्टियानो रोनाल्डोको पासमा गोल गर्दै युभेन्ट्सलाई ३ अंक दिलाएका हुन् ।

र यस प्रतियोगितामा रोनाल्डोले १०० औ जित हासिल गर्दै यो खेल उनलाई सम्झन लाएक बन्यो । उनले यस प्रतियोगिता क्यारियर मा पांच पल्ट जितिसकेको छ ।