मेस्सीमाथि आक्रमणको प्रयास (भिडियो)

लियोनल मेस्सीमाथि आक्रमणको प्रयास भएको छ । आइतबार राति स्पेनको इबिजामा आयोजित पार्टीमा सहभागि भएका मेस्सीमाथि आक्रमणको प्रयास भएको हो ।

काेपा अमेरिका फुटबलमा अर्जेन्टिना तेस्राे भएपछि मेस्सी छुट्टी लिएर परिवारसँग बिदा मनाउन निस्किएका थिए । बिदा सकेर स्पेन फर्किएकाे तेस्राे दिनपछि पार्टीमा सहभागि भएका मेस्सीमाथि आक्रमण प्रयास भएकाे हाे ।

पार्टी चलिरहेको अवस्थामा आक्रमण प्रयास भएपछि सुरक्षा गार्डले मेस्सीलाई सुरक्षित स्थान तर्फ लगेका थिए । मेस्सीमाथि आक्रमणको प्रयास भएको भिडियो पछिल्लो समय समाजकि सञ्जालमा भाइरल बनेको छ ।

पार्टीमा मेस्सी परिवार सहित पुगेका थिए । त्यस्तै उनका सहकर्मी खेलाडी लुइस स्वारेज,जोर्डी अल्बा सहभागि थिए ।

मेस्सीमाथि आक्रमणको प्रयास ४ जना सुरक्षा गार्डले मेस्सी सुरक्षा दिएर पार्टी बाहिर निकालेका थिए । मेस्सीलाई आक्रमणको प्रयास गर्नेको पहिचान खुलेको छैन् ।