मेस्सीभन्दा रोनाल्डोकाे टिमबाट खेले नेयमारलाई राम्रो

रिभाल्डोले नेयमारलाई क्रिस्टियानो रोनाल्डोको टिम युभेन्टसबाट खेल्दा धेरै फाइदा पुग्ने बताएका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजीबाट स्पेनिस क्लब बार्सिलोना आउने चर्चा चलिरहेकाे अवस्थामा नेयमारका बारेमा बाेल्दै रिभाल्डोले रोनाल्डोसँग खेल्दा धेरै फाइदा हुने बताएका हुन् ।

एक टेलिभिजन अन्तरवार्तामा बार्सिलोनाका पूर्व खेलाडी रिभाल्डोले नेयमारले यसअघि मस्सीसँग पनि खेलेकाे बताउँदै राेनाल्डाेकाे टिमबाट खेल्दा धेरै फाइदा पुग्ने बताए ।

विश्वचर्चित खेलाडी क्रिस्टियानाे राेनाल्डाे युभेन्टसबाट च्याम्पियन्स लिग जित्ने लक्ष्य सहित तयारीमा रहेको स्मरण गर्दै उनले नेयमारलाई युभेन्टस जा सुझाव दिए । रोनाल्डो र नेयमारले सँगै खेलेको हेर्ने व्यक्तिगत इच्छा भएको बताएका रिभाल्डाेले नेयमार युभेन्टस पुगे उसले च्याम्पियन्स लिग जित्ने सम्भावना बढ्ने बताए । रिभाल्डोले नेयमार बार्सिलोना गए मेस्सीको छायाँमा पनि पर्न सक्ने बताए ।

बार्सिलोनाबाट किर्तिमानी मुल्यमा फ्रान्सेली क्लब पिएसजी पुगेका नेयमार क्लब व्यवस्थापनसँगको टकरावका कारण क्लब छोड्ने तयारीमा छन् । उनको इच्छा बार्सिलोना फर्कने तर्फ रहेकाे अन्तराष्ट्रिय सञ्चार माध्यममहरूले बताएका छन् । तर नेयमारकालागि स्पेनिस क्लब रियल मड्रिड र इटालियन क्लब युभेन्टसले पनि चासो देखाइरहेका छन् ।