मेस्सीबिना अर्जेन्टिनाको सान्दार जित

मैत्रिपुर्ण खेलमा अर्जेन्टिनाले ग्वाटेमालालाई ३–० गोल अन्तरले पराजित गरेको छ । शनिबार भएको खेलमा मुख्य खेलाडीबिनै मैदान उत्रिएको अर्जेन्टिनाले सहज जित निकालेको हो ।

२७ औँ मिनेटमा गोन्जालो मार्टिनजेजको गोलमार्फत अर्जेन्टिानाले खेलमा अग्रता लिएको थियो । ३६ औ मिनेटमा जिभानी सेल्सोले अर्जेन्टिनाको अग्रतालाई दोब्बर पारे । जिभानी सिभिनाले ४४ औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई ३–० को स्थितीमा पुर्याएका थिए । अर्जेन्टिनी टोली आफ्ना मुख्य खेलाडीबिनानै मैदान छिरेको थियो । लियोनल मेस्सी लगायतका मुख्य खेलाडीबिनै मैदान उत्रिएको अर्जेन्टिनाले पहिलो हाफमा उत्कृष्ट प्रर्दशन गयो ।

उता, ग्वाटेमाला भने दोस्रो हाफमा हाबी बनेको थियो । तर उसका गोलका प्रयास सफल हुन सकेनन् ।