मेस्सीबिनाको अर्जेन्टिनाको शानदार जित

लिओनल मेस्सीबिनाको अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इराकमाथि फराकिलो जित हात पारेको छ । गत राति इराकको घरमा भएको खेलमा अर्जेन्टिनाले इराकलाई उसकै घरमा ४–० ले स्तब्ध बनायो ।

अर्जेन्टिनाले १ गोल फस्ट हाफमा गर्दा बाँकी गोल सेकेन्ड हाफमा गरेको थियो । जहाँ १८औं मिनेटमा लौटारो मार्टिन्जले गोलको खाता खोलेका थिए । सोही गोलको ममदतमा अर्जेन्टिना पहिलो हाफमा १–० ले अघि रह्यो ।

त्यसपछि ५३औं मिनेटमा रोवेर्टो पेरेरा, ८२औं मिनेटमा जर्मन पेजेल्लाले गोल गर्दा अर्जेन्टिनालाई ३–० को अग्रता मिल्यो । त्यसपछि खेलको थपिएको समयमा फ्रान्को केभ्रीले अर्को गोल थदै अर्जेन्टिनालाई ४–० को जित दिलाए ।

यस खेलाडीमा अर्जेन्टिनाको टोलीमा अधिकांश मुख्य खेलाडीलाई विश्राम दिइएको थियो । अब ४ दिनछि ब्राजिल र अर्जेन्टिनाको खेल हुनेछ ।